कार्यकर्ताले कस्लाई आधिकारीक उम्मेदवार मान्ने ?

 कार्तिक ०५, २०७

नेपालगंज / आगामी मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचमा बाँके क्षेत्र नं. ३ (क) का मतदाता अन्योलमा परेका छन् । माओवादी केन्द्रबाट आधिकारीक रुपमा उम्मेदवार आइपी खरेल र स्वतन्त्र उम्मेदवारी दिएका दलबहादुर सुनारलाई माओवादीमा प्रवेश गरेपछि अब सस्लाई मतदान गर्ने भन्नेबारे मतदाता अन्योलमा परेका हुन् ।


गठबन्धनको तर्पmबाट बाँके क्षेत्र नं. ३ (क) मा माओवादीले प्रदेश सभाका आफ्नो उम्मेदवार उठाएको थियो । तर एकै क्षेत्रमा २ जना माओवादी केन्द्रबाट उम्मेदवार उठेपछि मतदाताले कस्लाई मतदान गर्ने भन्ने बिषयमा अन्योल परेका छन् ।

आईपी खरेल माओवादी केन्द्रको पालिकाको कमिटीबाट सिफारिसमा परेनन् । तर केन्द्रमा तालमेल मिलाएर पार्टीले तीनै आईपीलाई टिकट दिएपछि माओवादी केन्द्रका ३ दर्जन बढि नेता कार्यकताहरुले माओवादी केन्द्र नै परित्याग गर्ने गरी विद्रोह गरे । सोमबार दल बहादुर सुनार माओवादीमा प्र्रवेश गराएपछि झन विवाद चर्किएको छ । माओवादी केन्द्र परित्यागको घोषणा गरेका ती ३ दर्जन बढि नेता कार्यकताहरुले दल बहादुर सुनार नै माओवादीको आधिकारीक उम्मेदवार मानिरहेका छन् ।

खरेलको उम्मेदवारी कायम रहेकै अवस्थामा स्वतन्त्र उम्मेदवारीलाई पार्टीमा प्रवेश गराएपछि माओवादी समर्थकहरु भने पार्टीको आधिकारीक उम्मेदवार को भन्ने विषयमा अलमलमा परेका छन् ।
२०७० मा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका सुनार सिंचाई राज्यमन्त्री पनि भएका थिए । क्षेत्र नम्बर ३ को दलित समुदायमा सुनारको प्रभाव रहेको बताइन्छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय