धनगढीतर्फ जाँदै गरेको बस पूर्वी नवलपरासीमा दुर्घटना, २३ जना घाइते

 कार्तिक ०६, २०७

पूर्वी नवलपरासीमा बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।
गए राति पूर्व–पश्चिम राजमार्गमा काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ४१५ नम्बरको बस ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा बसमा सवार ५० मध्ये २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी उपरीक्षक सन्तोष पाठकले बताए ।

घाइतेलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको र तीमध्ये १८ जना सामान्य उपचारपछि डिस्चार्ज भएको जनाइएको छ । बाँकीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएको र बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक पाठकले बताए ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय