नेपाली कांग्रेसले चुनावी घोषणापत्र सोमबार सार्वजनिक गर्ने

 कार्तिक ०६, २०७

नेपालगंज/ मंसिर ४ गते हुने संघ र प्रदेश सभाका लागि यतिबेला नेता तथा कार्यकर्ता चुनाव प्रचार प्रसारको दौरान छन् । बिभिन्न पार्टीले आ–आफना एजेण्डा लिएर जनताको घरदैलोमा पुगेका छन् । नेपाली कांग्रेसले चुनावी घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ ।

यसअघि आइतबार नै सार्वजनिक गर्ने तयारी गरे पनि सोमबार विहान साढे १० बजेका लागि सारिएको घोषणापत्र तयारी समितिका प्रवक्ता तथा कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
आइतबार सुदूरपश्चिम र कर्णालीमा सत्तारुढ गठबन्धनको कार्यक्रममा सहभागी हुन गएका पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा फर्किन ढिलाइ भएकाले घोषणापत्र सार्वजनिक कार्यक्रम सोमबारलाई सारिएको हो ।

सभापति देउवा अनलाइन माध्यमबाट पनि जोडिने सम्भावना नभएपछि सोमबारका लागि सारिएको सहमहामन्त्री परियारले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय