रोल्पामा जिप दुर्घटना हुँदा एकै घरका दाजुभाइ सहित३ जनाको मृत्यु

 कार्तिक ०, २०७

राेल्पा । रोल्पामा आज जिप दुर्घटना हुँदा एकै घरका दाजुभाई सहित तीनजनाको मृत्यु भएको छ ।
रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्र नजिकै जुगेखोलामा भएको जिप दुर्घटना भएको हो ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका निवासी ५८ वर्षीय विष्णुप्रसाद रिजाल, सोही ठाउँ निवासी ६० वर्षीय नारायणप्रसाद रिजाल र दाङ राप्ती गाउँपालिका–१ भालुबाङ निवासी ५० वर्षीया फाम्सी केसी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

रोल्पाको सुलिचौरबाट गजुलतर्फ जाँदै गरेको लु१ज ३२३४ नंको जिप दुर्घटनाग्रस्त भएको थियो ।
जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय