अर्घाखाँचीको एयरपोर्टमा मोटरसाइकल दुर्घटना : २ जना घटनास्थलमै मृत्यु, २ घाइते

 कार्तिक ११, २०७

अर्घाखाँची :अर्घाखाँचीको निर्माणाधीन एयरपोर्टमा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। सन्धिखर्क-१० मा निर्माणाधीन एयरपोर्टको रनवेयमा मोटरसाइकल चलाउने क्रममा गएराती अनियन्त्रित भई दुई मोटरसाइकल दुर्घटनामा परेका हुन्।

प्रदेश नम्बर २-०३८.प.५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका- १ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले बताए।

बा २५ प ८८७६ नम्बरको मोटरसाइकलमा सवार सन्धिखर्क २ आटिकापाटा निवासी ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन्। घाइतेको बुटवलमा रहेको मर्सिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीको भनाइ छ। मोटरसाइकल ओभर स्पिडका कारण घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनु‍सन्धान रहेको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिजालले जानकारी दिए।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय