मोटरसाइकल दुर्घटना हुँदा पहिले अन्तिम पटक आमासंग छिट्टै आउछु भन्दै फोन गरेका थिए कृतिमले

 कार्तिक १२, २०७

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन एयर्पोर्ट्मा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ  भने दुई जना घाइते भएका छन। निर्माणाधीन एयर्पोर्ट्को रन्वयमा मोटरसाइकल अनियंत्रित हुदा सनपा १ मिडिया चोक निवासी २६ बर्षिय रोशन सुनाम र  सन्धिखर्क १ हल्लाइन निवास २२ बर्षिय कृतिम रायमाझी घटना स्थलमै मृत्यु भएको हो ।

कृतिम रायमाझी बेलुका ८ बजे सम्म आमाको सम्पर्कमा थिए म अब छिट्टै आउछु भन्दै साथिको मोबाइलबाट फोन गरेका थिए । आमासँग छिटै फर्कने बाचा गरेका कृतिम त्यस पछि परिवारको सम्पर्कमा अाएन ।एक्कासि राती १ बजे तपाईंको छोरा दुर्घटनामा पर्यो बोल्दैन भन्दै फोन आएपछि आफुहरु घटना स्थल गएको कृतिमको आमाको भनाइ छ ।

दुर्घटना यति बजे नै भयो भन्ने यकिन भएको छैन दुर्घटनाको बिषयमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

s

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय