नेपाल भित्रीयो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य

 कार्तिक १३, २०७

काठमाडौं। कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि उपलब्ध भएको छ । दसैं अगाडि नै बुकिङ खोलेको भए पनि हालै मात्र सो कार नेपाली बजारमा उपलब्ध भएको हो ।

डिजेल इन्जिनयुक्त किया सोनेट ३ भेरिएन्टमा र पेट्रोल इन्जिनयुक्त किया सोनेट एउटा भेरिएन्टमा उपलब्ध हुनेछ ।
डिजेल इन्जिनमा एचटीएक्सको मूल्य ४७ लाख ९० हजार, एचटीएक्स प्लस अटोमेटिकको मूल्य ४९ लाख ९० हजार र जीटीएक्स प्लसको मूल्य ५७ लाख ९० हजार रुपैयाँ छ । यी सबै १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध हुनेछन् ।
पेट्रोल इन्जिनयुक्त सोनेटको सुरुवाती भेरिएन्ट एचटीईको मूल्य ३५ लाख ९० हजार रुपैयाँ हुनेछ । यो १.२ लिटर पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ ।
किया सोनेटले हाल बजारमा प्रचलित हुन्डाई भेन्यु देखि सुजुकी भिटारा ब्रेजा र महिन्द्रा एक्सयूभी ३०० सँग कडा प्रतिस्पर्धा गर्नेछ ।
किया सोनेटमा एलईडी हेडलाइटका साथ एलईडी डीआरएल छ, जुन साइड इन्डिकेटरसँग इन्टिग्रेटेड छ । एलईडी हेडलाइटलाई कियाले क्राउज ज्वेल भन्ने गरेको छ । यसमा टर्बो आकारको फ्रन्ट सिक्ड प्लेट समेत छ ।
सो कम्प्याक्ट एसयूभीमा १०.२५ इन्चको टचस्क्रिन इनफोटेनमेन्ट सिस्टम उपलब्ध छ । त्यसैगरी यसमा बोसको ७ स्पिकर सिस्टम, इलेक्ट्रिक सनरुफ, फ्रन्ट भेन्टिलेटेड सिट छन् । सो कारलाई स्मार्टवाचसँग कनेक्ट गर्न पनि सकिन्छ । यसको ड्यासबोर्ड धेरै हद सम्म किया सेल्टोस जस्तै छ, जसमा युभिओ कनेक्टिभिटीको विकल्प उपलब्ध हुनेछ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय