अर्घाखाँचीमा मतदातालाई प्रभावित पार्न  पाइप  बाडदै गर्दा प्रहरीद्वारा बरामद

 कार्तिक १६, २०७

अर्घाखाँची । अर्घाखाँचीमा आचारसंहिता विपरीत बाड्न लागिएको पाइप प्रहरीले बरामद गरेकाे छ। मतदातालाई प्रभावित पार्ने गरि बाँड्न थालिएको पाइप बरामद गरिएको हाे। छत्रदेव गाउँपालिका ठूलापोखरामा मतदातालाई बाँड्न लागिएको पाँच रोल पाइप बरामद गरिएको प्रहरीले जनाएको छ ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले बाँड्न लगिएको उक्त पाइप मुख्य निर्वाचन अधिकृत र प्रहरीको गस्ती टोलीले फेला पारेको हो ।

प्रहरी गएपछि मानिसहरू भागेका थिए । बरामद गरिएको पाइप मुख्य निर्वाचन अधिकृतको कार्यालय सन्धिखर्कमा राखिएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय