बसको झ्यालबाट टाउको बाहिर निकाल्ने १३ वर्सिय बालकको रुखमा ठोकिएर मृत्यु

 कार्तिक १७, २०७

काठमाडौंलाजिम्पाटमा हिजो दिउँसो भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका बालकको राति मृत्यु भएको छ। दिउँसो साढे ३ बजे बा१क ४६४२ नम्बरको स्कुल बसमा सवार नयाँ बसपार्क बस्ने १३ वर्षीय आयुष्मान दाहालको मृत्यु भएको हो।

आयुष्मानले बसको झ्यालबाट टाउको बाहिर निकालेर यात्रा गरिरहेका थिए। सोही क्रममा उनको टाउको सडक किनारमा रहेको रुखमा ठोकिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राति सवा २ बजे मृत्यु भएको हो।
बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
यस्तै काठमाडौंको कोटेश्‍वरस्थित भाटभटेनी नजिकै हिजो साँझ मोटरसाइकलको ठक्करबाट तीन जना घाइते भएका छन्। बागमती प्रदेश-०२-०१६प ८६२७ नम्बरको मोटरसाइकलले स्वयम्भू बस्ने उदयपुरको गाईघाटकी ६० वर्षीया कमला, २० वर्षीया निरुता फुँयाल र २ वर्षीय दिपसन बराललाई हिजो साँझ ६ बजे ठक्कर दिएको थियो।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय