नेपालगन्जमा जनप्रतिनिधि नै सरसफाई अभियानमा खटिए

 कार्तिक १७, २०७

नेपालगंज। नेपागंज उप–महानगरपालिका वडा नंंं. ८ का वडा अध्यक्ष रजनिश बाजपेयी र वडा सदस्यहरु अमन गुप्ता, निखिल कसैधन घर–घरमै पुगि वडा बासीलाई सरसफाई सचेतना गराएका छन् ।

पछिलो समय त्रिभुवन चोक आसपासका क्षेत्रमा फोहोरमैलामा वृद्धी भएको भन्दै वडा सदस्य गुप्ताले यस क्षेत्रका घर, पसल तथा जमात बढी हुने क्षेत्रमा पुगि सचेतना गराएका हुन् ।
एक पटक सचेतना गराउने र फेरी पुर्नः अटेरी गरेमा जरिवाना समेत गर्ने बताउदै वडा अध्यक्ष बाजपेयीले आफ्नो समुदाय स्वस्थ्य राख्नका लागि सरसफाई सचेतना अभियान कार्यक्रम संचालन गरेको बताउनुभयो ।

बाजपेयीले आफ्नो घर, व्यवसायबाट निष्कने फोहारमैला सडकमा जथाभावी नफाल्न आग्रह गर्दै वडाबासीको स्वस्थ्य राख्न आफुले यस्तो कदम चाल्नुपरको बताउदै गर्नुभयो ।
घर–घरमा पुगेर वडाबासीलाई हाम्रो समुदायमा अधिकाँश रोग सरसफाईले लाग्ने भन्दै वडा अध्यक्ष बाजपेयीले अब वडा नं. ८ को मुहार फेर्ने काम वडाबासीबाटै सुरुवात गरेको र सम्पुर्ण वडा बासीको साथ सहयोग अबस्यर्क पर्न बताउनुभयो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय