बाँकेमा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन पुर्व जनमुक्ति सेना परिचालीत

 कार्तिक १, २०७

कोहलपुर । आसन्न मंसिर ४ गते हुने निर्वाचनमा पाँच दलिय बाम-लोकतान्त्रीक गठबन्धनका उम्मेदवारहरुलाई पुर्व जनमुक्ती सेनाका प्रतिनिधिहरुले बिजयी गराउने बताएका छन ।

शनिबार बिहान पुर्व जनमुक्ती सेनाका प्रतिनिधि तथा उम्मेदवारबिच कोहलपुरमा भएको भेटघाट तथा
छलफलमा बाम-लोकतान्त्रीक गठबन्धनका उम्मेदवारलाई जिताउने प्रतिवद्धता जनाएका हुन ।

निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले आम जनताको अवस्था बदल्ने गरी काम गर्नुेपर्नेमा उनिहरुले जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै गठबन्धनको तर्फबाट बाँके क्षेत्र नं. १, प्रतिनिध सभा सदस्य पदका उम्मेदवार महेश्वर गहतराज (अथक) ले अहिलेको ब्यवस्था ल्याउनमा
जनमुक्ती सेनले खेलेको भुमिका अतुलनिय रहेको बताए । उनले आफ्नो ज्यानको बाजी राखेर ब्यवस्था परिवर्तनको आन्दोलनमा होमिएका ज्ञात/अज्ञात सहिदहरुको सपना साकार पार्ने दायित्व गठबन्धको काँधमा आएको भन्दै गठबन्धनका उम्मेदवारहरुलाई जिताउने गरी अभियान चलाउन आग्रह गरे ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय