थारु समुदायको विकास र उत्थानका लागि विशेष काम गर्ने राठौरको प्रतिबद्धता

 कार्तिक १, २०७

नेपालगन्ज । गठबन्धनबाट बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरसिंह राठौरले बैजनाथ क्षेत्रमा थारु समुदायका अगुवा कार्यकर्ता र समुदायसंग बृहत अन्तरक्रिया गरेका छ्न ।
शनिबार बैजनाथ गाउँपालिका को जी गाउँ वडा नम्बर ५ मा आयोजित  बाम- लोकतान्त्रिक गठबन्धन संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै सह -महामन्त्री राठौरले आगामी दिनमा थारु समुदाय र समग्र क्षेत्रबासीका बृहत हित, शिक्षा, स्वास्थ्य, विकास निर्माण, बाटोघाटोको स्तरोन्नति, हुलाकी फोरलेन बाटो र सुशासन ब्यवस्थाका लागि आफू निर्वाचित भएपछि इमानदारीका साथ लाग्दै ब्यवस्थापन गर्ने र समग्रमा चरणबद्ध विकासमा समय लाग्न सक्ने तर आफ्नो अठोटमा कमी नआउने बताए ।

उनले भने-“यहाँको समुदायलाई जति म गर्न सक्छु त्यही बोल्छु गर्न नसक्ने कुराको ढाँट्ने छल्ने झुठा आश्वासन म दिँदैन ।” 
उम्मेदवार राठौरले स्वतन्त्रले समाज परिवर्तन र जातीय पार्टीले समाज परिवर्तनर उन्नति प्रगति विकास गर्न नसक्ने बताउँदै बिश्वमा पनि स्वतन्त्र जातीय पार्टीले सत्ता प्राप्त नगरेको जिकिर गरे ।

कार्यक्रममा प्रदेश सभा-३ का उम्मेदवार एवं पूर्व राज्यमन्त्री दलबहादुर सुनारले एमालेमा रहँदासम्म जनता जनार्दनका काम गर्न नपाएपछि पार्टी छाडेको बताएका थिए  । नेपाली कांग्रेस बाँके प्रतिनिधिसभा संसदीय क्षेत्र नम्बर १ का प्रदेशसभा सदस्य उम्मेदवार फूलाराम चौधरी, लुम्बिनी प्रदेशका समानुपातिक उम्मेदवार संजुकुमारी चौधरी, बिनोदकुमार थारु, नेपाली कांग्रेस बर्दियाका जिल्ला उपसभापति गोविन्द प्रसाद थारु, माओवादी थारु मुक्ति मोर्चाका भीखु थारुले थारु समुदायको बृहत हित र विकासका लागि बोलेका थिए । 
कार्यक्रममा प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवार आशा विक,  नेपाल प्रेस युनियन बाँकेका केन्द्रीय पार्षद कुन्तलराज शर्मा लगायत गठबन्धनसहित थारु समुदायका अगुवा कार्यकर्ताहरुको बाक्लो उपस्थित रहेको थियो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय