बाँके प्रदेश सभा-३ (ख) मा उम्मेदवार कुर्मी घरदैलोमा ब्यस्त

 कार्तिक २०, २०७

नेपालगन्ज । बाँकेको प्रदेश ३(ख)मा नेपाली कांग्रेसले आफ्नो प्रचार प्रसारलाई तिब्रता दिएको छ । प्रदेश सभा ३(ख)मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बादशाह कुर्मीले आफ्नो प्रचार प्रसारलाई तिब्रता दिएका हुन् । 

कांग्रेस नेता कुर्मी दिनहुँजसो मतदाताको घरदैलोमा पुग्ने गरेका छन् । उनीसहित गठबन्धनमा आवद्ध दलका नेता, कार्यकर्ताको पनि उपस्थिती हुने गरेको छ । यसै क्रममा उनले शनिबार जानकी गाउँपालिका वडा नम्बर २ बेलभार लगायत स्थानमा घरदैलो गरेका छन् । 
कांग्रेस बाँके क्षेत्र नं. ३ का क्षेत्रीय सदस्य राजन बर्मा अनुसार घरदैलोका क्रममा मतदाताले आगामी निर्वाचनमा कांग्रेस सहितको गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने प्रतिवद्धता जनाएका थिए ।  

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय