रुपन्देहीमा घरभित्र दम्पती मृत अबस्थामा फेला

 कार्तिक २१, २०७

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका- ५ पाल्पाली टोलमा एक दम्पती मृत अबस्थामा फेला परेका छन्। घरभित्रबाट चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला मृत भेटिएकाे प्रहरीले जनाएकाे छ।

श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा र  बोलिन्द्र पंखामा झुण्डिएको अवस्थामा भेटिएका छन्। पत्नीको हत्या गरेर पछि बोलिन्द्रले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।बोलिन्द्र वैदेशिक रोजगारबाट केही दिनअघिमात्र छुट्टीमा घर आएका थिए।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय