नेपालगन्ज ३ का जनताको रोजाईमा राप्रपा र एमालेको गठबन्धन

 कार्तिक २६, २०७

नेपालगन्ज : राप्रपाले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ मा घरदैलो गरेको छ । शनिबार बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बाँके क्षेत्र नम्बर २(२) बाट राप्रपा र नेकपा एमाले गठबन्धनकाे तर्फका उम्मेदवार निरज गुरुङले अब मतदाताले सहि उमेदवारलाई चिन्ने समय अाएकाे बताए ।
बिहानैदेखि सुरु भएकोे घरदैलो कार्यक्रममा राप्रपा र नेकपा एमाले नेता तथा कर्याकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
गुरुङले राजनीतिलाई स्थायित्व दिन राप्रपा र नेकपा एमालेको गठबन्धनले जित्न र जिताउन आवश्यक रहेको बताए ।

राप्रपाका वडा अध्यक्ष अमन गुप्ता र नेकपा एमाले इर्फान मनिहर काे संयुक्त आयोजना घरदैलो सम्पन्न भएकाे हाे ।

कार्यक्रममा राप्रपाका वडा अध्यक्ष अमन गुप्ताले अब निर्वाचनको थोरै समय बाँकी हुँदा दिनरात नभनी खटिन र राप्रपा र नेकपा एमाले गठबन्धनलाई विजयी बनाउन सबैमा आग्रह गरे ।

जनताको घरदैलोपुग्दा जनता बिकास प्रेमि उमेदवार पाएको भदै खुशी समेत व्यक्त गरे ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय