नेपालगन्ज ३ मा राप्रपाकाे घरदैलो अभियान तीब्र

 कार्तिक २८, २०७

नेपालगन्ज: चुनाव नजिकिँदै जाँदा राप्रपा पार्टीले निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई अझ तीव्र बनाएको छ। सोमबार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ मा घरदैलो गरेको हो ।

प्रतिनिधि र प्रदेश सभा नजिकिदै गर्दा राप्रपा र नेकपा एमाले गठबन्धनकाे तर्फका बाँके क्षेत्र नं २ प्रतिनिधि सभा उमेदवार डा . धवल शमशेर राणा र प्रदेश सभा सदस्य उम्मेदवार निरज गुरुङलाई मतदान गर्न भन्दै प्रचारप्रसार तीब्र बनाएको हो ।

घरदैलो कार्यक्रममा राप्रपा नेता तथा कर्याकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

राप्रपाका वडा अध्यक्ष अमन गुप्ता आयोजनामा घरदैलो कार्यक्रम सम्पन्न भएकाे हाे । गुप्ताले भने अब निर्वाचनको थोरै समय बाँकी हुँदा दिनरात नभनी खटिन र राप्रपा र नेकपा एमाले गठबन्धनलाई मतदान गर्न आग्रह गरे ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय