डिउटीकै क्रममा नेपालगन्ज विमानस्थलमा सुरक्षा प्रमुख भण्डारीको मृत्यु

 कार्तिक ३०, २०७

नेपालगन्ज : नेपालगन्ज विमानस्थल कार्यालयका सुरक्षा प्रमुख प्रेमसिंह भण्डारीको निधन भएको छ । हृदयघातका कारण मंगलबार बेलुका नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

विमानस्थल कार्यालयमा डिउटीकै क्रममा उनी लडेका थिए । उनलाई अस्पतालमा पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् । विमास्थल कार्यालयमा उनले सुरक्षा कमाण्ड सम्हालेपछि धेरै सुधार ल्याएको सहकर्मी प्रहरीहरु बताउँछन् । जिल्ला प्रहरी कार्यालय बाँकेले भण्डारीको निधनले प्रहरी संगठनलाई ठुलो क्षति पुगेको जनाएको छ । 

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय