काठमाडौं– ५ (ख)का एमाले उम्मेदवार निरौला पैसा बाँडेको आरोपमा पक्राउ

 मङि्सर ०२, २०७

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ५ (ख)का एमालेका प्रदेश सभा सदस्य उम्मेदवार दीपक निरौलालगायत पैसा बाड्दैगर्दा पक्राउ परेका छन्। उनीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार मौन अवधिमा पैसा बाड्नेमा प्रदेश सभा उम्मेदवार निरौलासँगै काठमाडौंको बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रवि खडका पनि छन्।

यस्तै, पक्राउ पर्नेमा एमालेको बूढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदीप डंगोल छन्। उनीहरूलाई अहिले प्रहरी प्रभाग बूढानीलकण्ठमा राखिएको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय