अर्घाखाँचीमा निर्वाचनको सम्पूर्ण तयारी पुरा : २ हजार ५ सय सुरक्षाकर्मी परिचालन

 मङि्सर ०३, २०७

अर्घाखाँची : अर्घाखाँचीमा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएकाे छ ।  निर्वाचनको लागी दुई हजार ५ सय सुरक्षाकर्मी परिचालन भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले जनाएको छ ।
मतदान केन्द्र अपाङ्गमैत्री, वृद्धवृद्धाहरु, असहाय, अशंक्तहरुलाई सहजता हुने गरी बनाइएको छ । मुख्य निर्वाचन अधिकृत डा. श्रीकृष्ण भट्टराईले निर्वाचन स्वच्छ हुने बताउँदै निर्धक्क भएर मतदान गर्न सबै मतदातालाई अनुरोध गरेका छन् । ‘निर्वाचन स्वच्छ र भयरहित तरिकाले सम्पन्न हुन्छ, कहीँ कतै धाँधली हुन्छ कि भन्ने कल्पना नगर्दा हुन्छ,  भट्टराईले भने ‘जिल्लामा राजनीतिक दल सहित सबै मतदाता सचेत छन्, मतदातालाई निर्धक्क भएर मतदान गर्न अनुरोध गर्दछु ।’

निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, जनपथ र म्यादी गरी दुई हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय