एमालेले विजयको खाता खोल्यो, ललितपुर-२ मा प्रेमबहादुर महर्जन विजयी

 मङि्सर ०५, २०७

काठमाडौं : प्रतिनिधिसभातर्फ नेकपा (एमाले) ले विजयको खाता खोलेको छ। एमालेले ललितपुर निवाचन क्षेत्र नम्बर २ मा जित हाँसिल गरेको हो । सो क्षेत्रमा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन विजयी भएका हुन् ।
उनले १९ हजार ७ सय ३४ मत ल्याएर जित हाँसिल गरेका हुन् । यद्धपी उनको जित घोषणा हुन बाँकी छ । हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १० हजार ४ सय ४० मत ल्याएर दोस्रो स्थान हाँसिल गरेका हुन् ।
यअसघि कांग्रेसले प्रतिनिधिसभामा दुई स्थानमा जित हाँसिल गरेको छ । मुस्ताङ र मनाङमा कांग्रेसका उम्मेदवारहरु योगेश गौचन थकाली र टेकबहादुर गुरुङले जित हाँसिल गरेका हुन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय