बाँके-३ मा कक्षपतिलाई ३हजार ८ सय ६५ मतले पछि पार्दै राठौंरको अग्रता

 मङि्सर ०७, २०७

 नेपालगन्ज :बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंर मतान्तर ह्वात्तै बढाएका छन् । खजुरास्थित कपास विकास समितिको कार्यालयमा जारी मतगणना अनुसार उनले नेकपा एमालेका किस्मतकुमार कक्षपतिलाई ३ हजार ८ सय ६५ मतले पछाडी पारेका हुन् ।

काँग्रेस सहमहामन्त्री राठौंरले १७०४६ मत ल्याएर अग्रता लिइरहेका छन् । राठौंरलाई पछ्याउँदै एमालेका कक्षपतिले १३१८१ मत ल्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्ला ४३५१ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।
यसैगरी जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार नोयन्द्र धितालले २९७५ मत प्राप्त गरी चौथो स्थानमा उक्लिएका छन् 

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय