अब बाईककै मुल्यमा चिटिक्कको विद्युतीय कार पाइने

 मङि्सर १०, २०७

काठमाडौं : भारतीय बजारमा पिएमभी इलेक्ट्रिकले पहिलो कम्प्याक्ट विद्युतीय गाडी (इभी) सार्वजनिक गरेको छ। मुम्बईस्थित स्टार्ट-अप पिएमभीले इज-ई नामक नयाँ कम्प्याक्ट इभी सार्वजनिक गरेको हो।

भारतीय सञ्चार माध्यमहरूका अनुसार इज-ई भारतकै सबैभन्दा सस्तो गाडी हो। कम्पनीले इज-ईको बजार मूल्य जम्मा भारु चार लाख ७९ हजार रूपैयाँ तोकेको छ। कम्पनीका अनुसार यसले गाडी बुकिङ पनि सुरू गरिसकेको छ। पहिलो चरणमा कम्पनीले १० हजार वटा इज-ई बिक्री गर्ने योजना बनाएको छ।

इज-ई मा ४८ भोल्टको ब्याट्री प्याक दिइएको छ। यसमा ५० एनएम टर्क जेनेरेट गर्ने विद्युतीय मोटर जडान गरिएको छ। यो तीन रेन्जमा उपलब्ध छ। पूरा चार्जमा १२० किलोमिटरको माइलेज दिने, १६० किलोमिटरको माइलेज दिने र २०० किलोमिटरको माइलेज दिने। गाडीको टप स्पीड ७० किलोमिटर प्रति घण्टाको रहेको छ। इज-ई जम्मा ५ सेकेन्डमा शून्‍यदेखि ४० किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्न सक्छ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय