बालेनको फोटोमा जुत्ताको माला लगाइ जाग्राम सुकुम्बासी बस्ती

 मङि्सर १२, २०७

काठमाडौं : दिनभर तनावग्रस्त बनेको थापाथलिस्थित सुकुम्बासी बस्ती रातभर पनि जाग्राम बसिरहेको छ । करिब १५ सय हाराहारीलाई खाना बनाइरहेका बस्तीका मान्छेहरु अँध्यारोको मौका छोपेर महानगर डोजर लिएर आउला कि भनेर प्रतिकार गर्न हातहतियारसहित पूर्ण तयारी अवस्थामा बसिरहेका छन् ।

दिउँसो झडप भएको मुख्य चोक सुनसान छ भने चोकमा रहेको प्रहरी वृत्तमा ताला लगाइएको छ । सुकुम्बासी बस्ती दिउँसो हिंसात्मक आन्दोलनमा उत्रिएपछि वृत्तबाट बाहिरिएका प्रहरीहरु राति पनि वृत्तमा नआएका हुन् ।

वृत्त रहेको बस्तीको मुख्य चोकमा बालेन टायर बालिएको छ । धूवाँ पुतपुताइरहेको चोकमा काठमाडौं महानगरका मेयर बालेन शाहको ब्ल्याक एण्ड ह्वाइट फोटोलाई जुत्ताको माला लगाएर कफिनमाथि राखिएको छ भने मान्छेहरु बस्तीको गाडी छिर्न सक्ने तीनै चोकमा ‘हाइ अलर्ट’ अवस्थामा रहेका छन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय