गठबन्धनबाट भावी प्रधानमन्त्री को ?

 मङि्सर १७, २०७

काठमाडौं : निर्वाचन परिणाम सकिनै लाग्दा ‘भावी प्रधानमन्त्री को ?’ बन्ने भन्नेबारे सबैकाे बढेको छ । निर्वाचनमा कुनै दलले पनि बहुमत नल्याउने स्पष्ट भएकाले ‘दुई वा त्यसभन्दा बढी दल मिलेर सरकार बन्ने’ निश्चित देखिएको छ । प्रत्यक्षतर्फ पहिलो दल नेपाली कांग्रेस र समानुपातिक मततर्फ एमाले पहिलो दलका रूपमा रहेको छ ।

कांग्रेस नेतृत्वमा रहेको सत्ता गठबन्धनले नै सरकार बनाउने र पाँच वर्षसम्म गठबन्धनका प्रमुख तीन नेता कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल ‘पालैपालो प्रधानमन्त्री बन्नेगरी प्याकेज’मै सहमति खोज्नेगरी उनीहरूबीच ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ भएको स्रोतको दाबी छ ।

प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम जोड्दा कांग्रेस १० देखि १२ सिट अन्तरमा पहिलो पार्टी हुने देखिएकाले सरकार गठनमा ऊनै पहिलो दावेदार बन्ने देखिन्छ । एमाले पनि समानुपातिकमा आफू पहिलो पार्टी बनेकाले सरकार गठनमा आफूहरूको पनि दाबी रहने बताउदै आएको छ ।
कांग्रेस नेतृत्वको गठबन्धनका शीर्षनेता ‘भावी सरकार गठन’को आन्तरिक गृहकार्यमा लागिसकेका छन् । उनीहरूले गठबन्धन दलकै नेतृत्वमा ‘भावी सरकार बन्ने’ दाबी गर्दै आएका छन् । सो दाबीअनुसार ‘ कांग्रेस नेतृत्वमा सरकार बन्नेछ तर कांग्रेसभित्र पनि आधाभन्दा दर्जन बढीले प्रधानमन्त्रीमा दाबी पेस गर्न थालेपछि थप सकस देखिन’ थालेको छ ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय