राप्रपा युवा संगठनको कार्यलय नेपालगन्जकाे न्युरोडमा उद्घाटन

 मङि्सर १७, २०७

नेपालगन्ज: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) युवा संगठन बाँके र राप्रपा नगर युवा संगठनको सयुक्त रुपमा शनिबार बिहानै नेपालगन्ज उपमहानगरपालिका वडा न.२ न्युरोडमा कार्यालय उद्घाटन गरेको छ । राप्रपा पार्टी महामन्त्री तथा सांसद डा धवल शमशेर राणाले युवा संगठनको कार्यालय उद्घाटन गर्नुभएको हो ।

बाँकेमा पछिल्लो चरण राप्रपाको राम्रो प्रभाव रहेको क्षेत्र हो । कार्यालय उद्घाटनसँगै युवा कार्यकर्तासँग राणाले भने युवाहरूको ठूलो साथ सहयोगले गर्दा नै म यहाँसमम्म पुगेको भन्दै पुन धन्यवाद दिएका थिए ।

उक्त उद्घाटन कार्यक्रममा राप्रपा केन्द्रीय महामन्त्री , सहमन्त्रि ऋषिराज देवकाेटा, केन्द्रीय सदस्य मिना श्रेष्ठ, पुर्ब केन्द्रीय सदस्य गाैरव चन्द, युवा संगठनका लुंबिनी प्रदेश अध्यक्ष हुकुम कैसी, क्षेत्रीय नं २ अध्यक्ष वीरेंद्र गहतराज ,जिल्ला उपाध्यक्ष बिबेक गिरी ,नगर अध्यक्ष रवि बर्मा तथा अन्य सदस्यहरु लगायतको उपस्थिति रहेका थियो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय