लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा चेतनारायण आचार्य
चर्चा

 मङि्सर १८, २०७

अर्घाखाँची : अर्घाखाँची प्रदेशसभा (१) मा चुनाव जितेका एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रुपमा चर्चा गरिएको छ । उनी नेकपा एमाले तर्फबाट प्रदेश सदस्यमा २० हजार ५ सय १८ मत ल्याएर दोस्रो पटक निर्वाचित भएका हुन । लुम्बिनी प्रदेशमा एमालेकाे बहुमत पुग्ने देखिन्छ ।

२०७४ को चुनावमा कांग्रेसका विष्णुप्रसाद खनाललाई १० हजार ५ सय १६ मतान्तरले पराजित गर्दै विजयी भएका थिए । त्यतिबेला उनलाई वाम गठबन्धनमा माओवादी र राजमोको सहयोग थियो । अहिले एमालेको मात्रै बलमा चुनाव जिते । उनी ३ महिना ७ दिन लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री भए ।

‘चारैतिरका घेरबन्दी गरेपनि जनताको मायाले चुनाव जितें,’ उनले भने, ‘पाटी काममा लागेदेखि जिल्लाको विकासमा चासो राखेर काम गरिरहें । अघिल्लो चुनावमा जितेर मन्त्री र सांसद हुँदा धेरै योजना भित्राएर काम गरिहेको छु, अब ति कामलाई पुरा गर्ने र नयाँ ढंगले योजना भित्राएर काम गर्ने अवसर पाएँ ।’ एमाले भित्र केपी ओलीका विश्वासपत्र आचार्यलाई मुख्यमन्त्रीको रुपमा हेरिएको छ ।

कानुनमा बिएल गरेका आचार्यले विद्यार्थी देखि नै राजनीति गरेका उनी एमाले जिल्ला सदस्य, सचिव, जिल्ला अध्यक्ष हुँदै अहिले केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज छन् । जिल्ला एमालेभित्र उनको बलियो प्रभाव रहेको छ । ‘चुनावमा मैले शुरु गरेका योजना पुरा गर्दै नयाँ काम गर्छु भनेर वाचा गरेको छु,’ उनले भने, ‘गर्न नसक्ने काम चुनावी एजेण्डा छैनन् । सरकार बनेको नेतृत्व गरेर जिल्ला सहित सिंगो प्रदेशको विकासमा म अनवरत लाग्छु ।’

उनले गठबन्धन जे भएपनि जनताको माया भएपछि हारिँदो रहेन्छ, दोस्रो पटक आफुलाई केही गरेर देखाउने सुनौलो अवसर भएको दावी गरे । उनले आफ्नो क्षेत्रको विकासका लागि स्थानीय तह र संघ सरकारसँग समन्वय गर्ने बताए । प्रदेशसभा १ मा टोलैपिच्छे सडक सञ्जाल छ । विद्युत, सञ्चार सेवा प्रायः को पहुँचमा छ । सिचाइ कुलो, खानेपानी, मोटरबाटा स्तरोन्नती र कालेपत्रे, सामुदायिक स्कुलका भवन कोही निर्माण भए कोही बन्दैछन् ।

सन्धिखर्क–तम्घास सडक, सन्धिखर्क–डिभर्ना–खनदह सडक,सन्धिखर्क–धारापानी–प्युठान सडक व्यवस्थित बनाउँदै कालोपत्रे हुने काम धमाधम भैरहेको छ । यी सडकमा बजेट पारेर पुरा गर्ने उनको लक्ष्य छ । यस क्षेत्रमा पर्ने वडाको खानेपानी योजनामा बजेट पारेर खानेपानी ल्याएर स्थानीयलाई घण्टौ समय लगाएर कुवा र पधेराबाट गाग्रीमा पानी बोक्ने दुःख हटाईदिए र धेरैका घरमै खानेपानीका धारा खसालिदिए ।

अबको ५ वर्षभित्र यस क्षेत्रका सबैका घरमा खानेपानीका धारा जडान हुने उनले बताए । सबै स्वास्थ्य चौकीमा औषधि र सहज स्वास्थ्य सेवामा ध्यान दिने, स्कुलमा पढाई राम्रो बनाउन पहल गर्ने र क्षेत्रभित्रका सडकलाई व्यवस्थित गर्दै पिच गर्ने उनले बताए । तीनलाई ५ वर्षमा धेरै सडक कालोपत्रे गर्ने आचार्यको योजना छ ।

पर्यटन क्षेत्रका पूर्वाधार निर्माण र युवालाई कृषि उद्यममा जोडेर कृषि, पशुपालनबाटै स्वरोजगार बनाउन विभिन्न कार्यक्रम र योजनामा बजेट पारेर कृषकलाई उत्साहित बनाउने काम गर्ने उनले दावी गरे ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय