गोकुल बास्कोटाको घरमा कुकर बम फेला !

 मङि्सर १८, २०७

काठमाडौं : नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा शंकास्पद बस्तु फेला परेको छ ।

नवनिर्वाचित नेकपा एमालेका सांसदसमेत रहेका बास्कोटाको भक्तपुरस्थित निवासमा कुकर ब–म आकृतिको शंकास्पद वस्तु फेला परेको हो ।

‘भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरको घरको कम्पाउण्डमा प्रेसरकुकरमा राखिएको अवस्थामा ब–म जस्तो वस्तु भेटिएको छ,’ बास्कोटाका स्वकीय सचिव नवराज ढकालले भने,‘हामीले प्रहरीलाई सम्पर्क गरेका छौँ।’

बास्कोटा भने काभ्रेस्थित आफनै घरमा रहेको बताइएको छ।

बिहान पसल जाने क्रममा छिमेकीले घरको पेटीमा प्रेसरकुकरमा शंकास्पद बस्तु देखिएपछि खबर गरेको ढकालको भनाइ छ ।

प्रहरी घटनास्थल पुगिसकेको र अनुसन्धान भइरहेको बताइएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय