बाजुरामा गठबन्धनका तिन वटै उम्मेदार भारी मतले विजयी

 मङि्सर १८, २०७

बाजुरा: बाजुरामा गठबन्धनका साझा उम्मेदवार भारी मतले विजयी भएका छन् । प्रतिनिधी सभा तथा प्रदेश सभा (क) र (ख) दुवै क्षेत्रमा विजयी भएका हुन । प्रतिनिधी सभा सदस्यको अन्तिम नतिजा सार्वजनिक गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुरा आइतबार विहान प्रतिनिधी सभाको नतिजा सार्वजनिक गरेको हो ।

प्रतिनिधी सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले ३१ हजार ७८६ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले घोषणा गर्नु भएको छ । पाण्डेका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाउनु भएको छ । पाण्डेले एमालेका थापाई पाँच हजार ४३७ मतले पराजित गर्नु भएको हो ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका २०७,जनता समाजवादीका रामबहादुर शाहीले ७३ र स्वतन्त्र टेकबहादुर बडुवालले ११४ मत प्राप्त गर्नु भएको छ । नेपाली काँग्रेसका सह–महामन्त्री समेत रहेका पाण्डेले पहिलो पटक प्रत्यक्ष रुपमा चुनाव लड्नु भएको हो । विद्यार्थीदेखि राजनितिमा रहेका पाण्डेले २०७० मा संविधान सभाका समानुपातिक सांसद र २०७४ मा राष्ट्रिय सभा सदस्य बन्नु भएको थियो ।
उहाँका निकटम प्रतिद्धन्द्धी एमालेका कर्णबहादुर थापा एमाले स्थायी कमिटी सदस्य हुनुहुन्छ । उहाँ २०७०मा संविधान सभा सदस्य जितेर उद्योगमन्त्री बन्नु भएको थियो । यसैगरी प्रदेश निर्वाचन क्षेत्र १ मा एकिकृत समाजवादीका नर।ेश शाहीले दश हजार ९७३ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निटकम प्रतिद्धन्द्धी नेकपा एमालेका बल्देव रेग्मी आठ हजार ६३२ मत ल्याउनु भएको छ । भने नेकपा माओवादी केन्द्रका कर्णबहादुर वि.क.ले एक हजार ९८ मत पाउनु भएको छ ।
त्यसैगरी प्रदेश सभा २ मा नेपाली काँग्रेसका पदमबहादुर शाही विजयी हुनु भएको छ । उहाँले २० हजार ११९ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका १७ हजार ५२१ मत पाउनु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टी १२२ मत र स्वतन्त्र उम्मेदवार जनक रावलले १५५ मल ल्याउनु भएको छ । जिल्लाका कुल ८३ हजार ५६७ रहेको छ । कुल मतदातासंख्याको ५९ हजार ७५७ मत खसेको थियो ।
 

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय