सिंहदरबारभित्र थन्किएका पुराना सवारीसाधन लिलाममा विक्री हुँदै

 मङि्सर २५, २०७

काठमाडौं : सिंहदरवारभित्र लामो समयदेखी थन्किएर वसेका सवारीसाधनलाई सरकारले लिलाम विक्री गर्ने निर्णय लिएको छ । सो विषयमा केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिले सबै मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएको छ ।

मुख्यसचिव शङ्करदास बैरागीको संयोजकत्वमा केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको केही दिन अघि बसेको बैठकले निर्णय कार्यान्वयनका लागि सबै मन्त्रालय र निकायलाई परिपत्र समेत गरिसकेको छ ।

‘सिंहदरबार परिसरभित्र रहेका विभिन्न निकायका पुराना सवारी साधनको उचित व्यवस्थापनका लागि कानुनबमोजिम लिलामी प्रक्रिया तत्काल अघि बढाउन निर्देशन छ’, समितिको परिपत्रमा भनिएको छ ।

त्यस्तै, सिंहदरबार परिसरभित्रको सुरक्षा व्यवस्था, ट्राफिक लाइट र सौन्दर्यकरणजस्ता कार्यका लागि सम्बन्धित निकायलाई पहल गर्न पनि निर्देशन दिइएको छ । सवारी चालक अनुमतिपत्र वितरणसम्बन्धी कार्यलाई सरलीकरण गर्न समेत सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

सिंहदरवार परिसरभित्र विगत लामो समयदेखी कैयन सवारीसाधन थन्किएर वसेका छन् । तिमध्ये कतिपय सवारीसाधनलाई सामान्य मर्मत सम्भार गरेर चलाउन सकिने अबस्थामा रहेपनि अधिकांश जसो भने कामै नलाग्ने अबस्थामा छन् । सरकारी निकायले यसअघि प्रयोग गरेका यी सवारीसाधन मध्ये केही विलासी व्रान्डका समेत छन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय