कोभिड हिरो’ नरेशबाबु श्रेष्ठलाई भारतमा ‘एम्बेडकर अवार्ड’

 मङि्सर २५, २०७

नेेपालगंज : कोभिड हिरो’ नरेशबाबु श्रेष्ठलाई भारतीय एक संस्थाले सम्मान गरेको छ । भारतीय दलित साहित्य एकेडेमीले उनलाई यसवर्षको ‘डाक्टर एम्बेडकर एक्सेलेन्सी नेशनल सर्भिस अवार्ड-२०२२’ बाट सम्मान गरेको हो । डा. भिमराव अम्बेडकर भारतका संविधान निर्माता हुन् । उनको सम्मानमा भारतमा थुप्रै प्रतिष्ठान बनेका छन् ।
भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका खोप तथा नसर्ने रोग सम्बन्धी फोकल पर्सन समेत रहेका श्रेष्ठलाई रेल्बे मन्त्री रमेशचन्द्र रातन र भूतपूर्व संघीय सामाजिक न्याय तथा सशक्तिकरण मन्त्री डा. शक्ति नारायण जतियाले सम्मान गरेका हुन् । भारतमा आफु सम्मानित हुँदा आफुलाई काम गर्नमा थप हौसला जागेको श्रेष्ठले बताएका छन् ।
बाँकेमा रही लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट बाँकेमा उपचारका लागि आएका विरामीलाई सहज ढंगले उपचार सेवा पाउन महत्वपूर्ण योगदान पुर्याएका थिए । श्रेष्ठले बाँकेका ८ वटै स्थानीय तह र भारतबाट नेपाल भित्रिने व्यक्तिहरुको कोभिड जाँच, आइसोलेसन, क्वारेन्टाइन व्यवस्थापनमा समन्वयात्मक भूमिकाका साथै फ्रन्टलाइनमा रहेर साहसिक र प्रशंसनीय सेवा प्रदान गरेका थिए । 
श्रेष्ठले पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै यसअघि राष्ट्रपतिबाट प्रथम जनसेवा श्री (चौथो), नेपाली सेनाबाट प्रधानसेनापति प्रशंसा, अकाउण्टविलिटी ल्याबबाट कोभिड हिरो, बास नेपालबाट कोभिड विरुद्धको सम्मान लगायत थुप्रै सम्मान तथा कदर पत्र प्राप्त गरेका छन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय