सुनको भाउ तोलाको एक लाख रुपैयाँ

 मङि्सर २७, २०७

काठमाडौं : आज सुनको भाउ घटेको छ । सुनको भाउ दुई सय रुपैयाँले घटेर तोलाको एक लाख रुपैयाँमा झरेको हो ।
हिजो सुन तोलामा तीन सय रुपैयाँले घटेर एक लाख दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ भने यथावत् छ । हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी एक हजार तीन सय ९० रुपैयाँमा झरेको थियो ।

आज यही भाउ कायम रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । कारोबार हुने हप्ताको पहिलो दिन अस्ति सुन तोलाको एक लाख पाँच सय रुपैयाँ र चाँदी १ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय