गायिका कमला घिमिरेको गीतले समीक्षालाई चोट दिएको भन्दै विवादमा

 पुष ०१, २०७

काठमाडौं : ७ वर्षको उमेरमा लाइभ लोकदोहोरी गाएर चर्चा कमाएकी गायिका कमला घिमिरेको पछिल्लो लाइभ लोकदोहोरी ‘छहारी बजारमा’ विवादमा परेको छ । घिमिरेले गायक सुमन परियारसँग लाइभ दोहोरीको रुपमा गाएको उक्त गीतमा पछिल्लो समयका चर्चित दुई ठूला स्क्यान्डल मसलाको रुपमा प्रयोग गरिएको भन्दै आलोचना भइरहेको छ । छहारी युट्युब च्यानलले ५ दिनअघि युट्युबमा अपलोड गरेको यो दोहोरीका टुक्काहरु टिकटक लगायत सामाजिक संचालमा भाइरल भइरहेका छन् ।

कतिपयले गीतमा रहेको गायिका घिमिरेको स्वरको तारिफ गरेका छन्, भने धेरैले गीतमा पछिल्ला चर्चित स्क्याण्डल मसलाको रुपमा प्रयोग भएको भन्दै आलोचना गरेका छन् । कतिपयले समीक्षा अधिकारीलाई चोट दिएको भन्दै सामाजिक सञ्जाल मार्फत गीत बहिस्कारको माग गरेका छन् ।

समीक्षाले पछिल्लो समय भोगेका कुरालाई नकारात्मक रुपमा टुक्का बनाएर गाइएको भन्दै गीतको आलोचना समेत भइरहेको छ । केहीले गायिका घिमिरेलाई समीक्षाले भोगेको जस्तो पिडा तिमिलाई नपरोस् भन्दै घिमिरेको आलोचना गरेका छन् । सर्वसाधारणले मात्र होइन, लोकदोहोरी क्षेत्रका कलाकारले पनि कमलाले यस्तो गीत गाउनु र गाउन लगाउनु गलत भएको प्रतिक्रिया दिएका छन् ।

लोक गायक राजु ढकालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यो कमला घिमिरे नानुले गाएको शब्द कुनै विद्वान्ले सिकाइदिएको होला कि आफैँ भनेकी होलिन् भनेर सोच्दासोच्दै निन्द्रै लागेन । डलरको लागि ती कलिला मुनाहरुलाइ प्रयोग गरेर उनीहरुको सोचाइभन्दा परको कुरा स्क्रिप्ट बनाई गाउन लगाउनी सबैलाइ हार्दिक श्रद्धाञ्जली ।’

त्यस्तै गायिका जमुनले गीतका विषयमा गायिका कमलाको आलोचना गरेकी छन् । उनले लेखेकी छन् ‘कमला बहिनी कति छिटो ठुली भइन् । आज लाइभ दोहोरी सुनेको लाज पो लाग्यो ।’

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय