वडा नं. ५ मा सुत्केरी महिलाहरु सरसफाई र पोषण समाग्री पाएपछि खुशि

 पुष ०७, २०७

नेपालगन्ज : नेपालगंज उपमहानगरपालिका वडा नं. ५ ले सुत्केरी महिलाहरुका लागि सरसफाई र पोषण समाग्री वितरण गरेको छ ।
बिहिवार एक कार्यक्रम गदै आर्थिक बर्ष २०७९÷०८० को विनियोजन बजेट को सामाजिक विकास कार्यक्रम अन्तर्गत वडा भित्रका गर्भ अवस्थाका महिला र सुत्केरी महिलाहरुका लागि सरसफाई तथा पोषण र आवशयक पर्ने स्वस्थ सामग्री प्याकेज वितरण गरेको हो ।

अब कुनै पनि सुत्केरी महिला अकाल्मै मृत्यु हुन नपर्ने भन्दै वडा अध्यक्ष शराफत हुसेन शेषले सुत्केरी अवस्थामा पोषिलो खाना र सरसफाइ मा प्याकेजले सुत्केरी महिलालाई थप उर्जा मिलेको बताए ।
कार्यक्रममा बोल्दै पोषिलो खाना र सरसफाइमा गर्भवती तथा सुत्केरी महिला तथा घर परिवारका महिलाहरुको ध्यान पुगोस् भनेर पोषण तथा सामाग्री वितरण गरिएको वडा अध्यक्ष शेषले ।
कार्यक्रमा बोल्दै वडा सचिव दिपेन्द्र श्रेष्ठले सुत्केरी महिलाको लागि वडा बाट बिभिन्न प्रयास भएको बताए । सुत्केरी महिलाका लागि स्वास्थ्य सरसफाई महत्वपूर्ण भुमिका खेल्ने भन्दै वडा बासीको घरदैलोमा स्वयमसेवीका र स्वास्थ्यकर्मी आउने र आफ्नो समस्या खुलेर बताउन आग्रह गरे ।
उक्त कार्यक्रमा वडा सदस्य जुवेदा जोलह र वडा कार्यालय आधारभूत स्वास्थ्य क्लिनिकका कर्मचारी र वडाबासीको उल्लेखनिय सहभागि रहेको थियो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय