नयाँ सरकार बनाउन गठबन्धन दल छलफलमा 

 पुष ०८, २०७

काठमाडौं : सत्तारुढ गठबन्धनका नेताहरु नयाँ सरकार गठनबारे छलफलमा जुटेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेको समयसीमा सकिनै लाग्दा उनीहरु छलफलमा जुटेका हुन् ।

केन्द्रमा प्रधानमन्त्रीसहित महत्वपूर्ण पद र प्रदेश सरकारमा ‘प्याकेज’ मा सहमति गर्नेगरी गठबन्धनका शीर्ष नेताहरुबीच छलफल सुरु भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बेलुका कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको थियो ।  

भेटमा सकारात्मक छलफल भएपनि कुनै निष्कर्ष निस्किन नसकेको बुझिएको छ । नेताहरुबीच शुक्रबार(आज) पनि भेटवार्ता हुने बताइएको छ । नेताहरुले आइतबार सम्ममा सहमतिमा पुगिने बताउँदै आएका छन् । राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेको समयसीमा आइतबार सकिँदैछ । 

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय