जानकी २ का छात्राहरूले साइकल पाएपछि मुहारमा खुशि

 पुष ०, २०७

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका वडा नं. २ का विद्यार्थी छात्राहरू साइकल पाएपछि खुशि  भएका छ्न । शुक्रबार २० जना छात्राहरूलाई साईकल वितरण गरिएकाे छ ।

जानकी गाउँपालिका वडा नं. २ का २० जना छात्राहरूलाई जानकी गाउँपालिका वडा नं. २ बेलभारमा एक  कार्यक्रमकाे आयाेजना गरि प्रमुख अतिथी गाउँपालिका वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताकाे शुक्रबार हस्तान्तरण गरिएकाे छ ।

छात्राहरूलाई साईकल हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथीकाे आशनबाट बाेल्दै वडा अध्यक्ष गुप्ताले भन्नुभयाे- वडाबाट गरिएकाे याे सानाे सहयाेगले छात्राहरूलाई पढाइ गर्न थप उर्जा प्रदान गर्नुका साथै घरदेखि विधालयसम्म पुग्न लाग्ने समयकाे समेत सदुपयाेग हुने विश्वास व्यक्त गर्नुभयाे ।

यसैगरी कार्यक्रमकाे उद्देश्य बारे जानकारी गराउँदै भन्नुभयाे- गाउँघरमा गरिबीका कारण, आर्थिक अवस्था कमजाेर हुनुकाे कारणले कतिपय घरपरिवारका छाेरीहरू कक्षा ५ भन्दामाथिकाे अध्ययन गर्न नसकेकाे कारण यस्ताे याेजनाले उनीहरूलाई प्राेत्साहित गरिने भएकाेले वडा कार्यालयकाे प्रस्तावमा आज छात्राहरूलाई साईकल वितरण कार्य गरिएकाे र साेही उद्देश्य प्राप्तीकाे लागि आउने दिने थप छात्राहरू समेत सामेल गर्ने प्रतिबद्धता गर्नुभयाे । साईकल प्रदान गरि छात्राहरूलाई हाैसला थपिएकाे हुँदा शिक्षाबाट बञ्चित रहेका छात्राहरू आउने दिनमा अध्ययनमा सहभागी भई आफ्नाे घरपरिवारकाे मात्र नभई समाज र देशकाे नाम समेत उच्च राख्ने विश्वास व्यक्त गर्नुभयाे ।

साईकल उपहार पाएपछि छात्राहरूले अब विधालय समयमा पुग्न सहयाेग पुग्ने भन्दै खुसि हुँदा सहकार्य गर्ने जानकी गाउँपालिका वडा नं. २ लाई धन्यबाद व्यक्त गरेका थिए ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय