बालेनको टिप्पणी: राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा

 पुष ११, २०७

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले एमाले–माओवादी–राप्रपासहित ७ दलको सरकार बनेकोबारे कटाक्ष गरेका छन् । उनले राजा चाहिन्छ, चाहिँदैन र मार्छुसमेत भन्नेहरु मिलेर सरकार बनाउने काम भएको भन्दै कटाक्ष गरेका हुन् । उनले जसको सरकार बनेपछि नागरिक भने सँधै सास्तीमा रहेको पनि टिप्पणी गरेका छन् । 

राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा’, साहले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् । आजै सात दलीय गठबन्धनबाट प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नियुक्त भएका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेको विज्ञप्तीमा नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाका सदस्य पुष्पकमल दाहाल “प्रचण्ड” नेपालको प्रधानमन्त्रीमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेको जनाएको छ ।

संसदमा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र जसपाको १२ सांसद रहेका छन् । त्यस्तै प्रभु शाह, अमरेश कुमार सिंह र किरणकुमार साह शीतलनिवासमा पुगेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन जनाएका छन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय