जनक सेना द्वारा श्री सीताराम नाम जप तथा दीप प्रजवलन कार्यक्रम

 पुष ११, २०७

जनकपुर : तुलसी दिवसको उपलक्ष्यमा जप तथा दीप प्रज्वलन कार्यक्रम गरिएको छ । आइतबार सांझ देवभूमि जनकपुरधाम को गंगासागर मा जनक सेना द्वारा श्री सीताराम नाम जप तथा दीप प्रज्वलन कार्यक्रम गरिएको छ।

त्यस्तै करिब २५० भक्तजनहरुको उपस्तिथिमा जनक सेना द्वारा जनकपुरधाम को नगर परिक्रमा समेत गरिएको थियो । कार्यक्रममा स्थानीय भल भलादमी, बुजुर्ग, महिला, समाजसेमी साथै युवा भक्तजनहरुको विशेष उपस्थिति रहेको अमन कुमार सिंह ले बताएको छ ।
त्यस्तै हिन्दू धर्म धर्मलम्बीहरुको बिशेश पर्व मध्य तुलसी पर्व पनि एक हो। ज्योतिष शास्त्र अनुसार तुलसीको बोटमा लक्ष्मीको वास हुने विश्वास छ । तुलसीको पूजा गर्नाले घरमा सुख, शान्ति र समृद्धि पनि आउँछ । हिन्दू धर्ममा तुलसी माताको धेरै धार्मिक महत्व छ । भगवान विष्णुलाई अति प्रिय मानिने तुलसी माताको पूजा आज निकै फलदायी मानिन्छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय