मामाघर बस्दै आएकी १४ वर्षीया बालिकाको पेटमा ६ महिनाको गर्भ

 पुष ११, २०७

काठमाडौं : पाल्पामा मामाघरमा बस्दै आइरहेकी एक नाबालिकाको पेटमा छ महिनाको गर्भ रहेको पाइएको छ ।

रुपन्देही सैनामैमा घर भई हाल पाल्पा तिनाउ गाउपालिका-१ मा रहेको मामा घरमा बस्दै आईरहेकी एक १४ वर्षीया बालिकाको पेटमा जबरजस्ती करणीबाट छ महिनाको गर्भ रहेको पाइएको हो । ती बालिकालाई सोही वडाको ठुलीउदाङ बस्ने बर्ष २९ को हिमाल सोमरेले जबरजस्ती करणी गरेको भन्दै उनका बाबुले प्रहरीमा जाहेरी दिएपछि उक्त घटना सार्वजनिक भएको हो ।
अभिभावकबाट जाहेरी परेपछि सोमरेलाई हिजै प्रहरीले नियन्त्रणमा लिएको पाल्ला प्रहरी प्रवक्ता डिएसपी बीरेन्द्र थापाले केटिएम दैनिकलाई बताए ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय