एमालेबाट मुलुकको सर्वोच्च पदमा को पुग्ला ?

 पुष १२, २०७

काठमाडौं: नवनिर्मिति सत्ता गठबन्धनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” लाई नेपालको ४४ औं प्रधानमन्त्री निर्वाचित भएसंगै अब नयाँ राष्ट्रपति को बन्ला भनेर चर्चा सुरु भएको छ ।

एमाले र माओवादीबीच २०७४ कै जस्तो मोडलमा राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले लिने सहमति भएको छ ।
राष्ट्रपति चयनको समय अझै एक महिनाभन्दा बढी छ । तर, यसअघि राष्ट्रपति धेरै चर्चा भएकाले एमालेबाट मुलुकको सर्वोच्च पदमा को जान्छन् भन्ने चासो बढेको हो ।
एमालेका एक नेताका अनुसार, राष्ट्रपतिका लागि चार जना नेताको नाममा छलफल हुने सम्भावना छ ।
स्रोतका अनुसार एमालेबाट राष्ट्रपतिका लागि उपाध्यक्ष सुवास नेम्वाङको बढी सम्भावना छ । यसैगरी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पनि उतिकै सम्भावना रहेको बताइन्छ ।
दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन नपाइने संवैधानिक व्यवस्थाका कारण विद्यादेवी भण्डारी यो कार्यकाल पूरा गरेपछि बिदा हुँदै छिन् ।
संविधानसभाका अध्यक्ष र सभामुखमा लामो अनुभव बोकेका नेम्वाङले आफैं पनि उक्त पदमा जान इच्छुक देखिन्छन् । यसैगरी एमालेले आफ्नो पार्टीभित्र रहेका अन्य केही पुराना र दलित जनजातिका नेतालाई पनि राष्ट्रपति बनाउन सक्ने स्रोतको दाबी छ । स्रोतका अनुसार अमृतकुमार बोहोरा पनि राष्ट्रपतिका बलिया दाबेदार हुन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलाई पनि एमालेले राष्ट्रपतिको रुपमा अगाडि सार्ने सम्भावना बलियो छ । निर्वाचनमा पराजय भोगेका पोखरेललाई एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले राष्ट्रपति बताउन सक्ने एमाले नेताहरूको आंकलन छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय