गर्भावस्थामा खानु पर्ने यी हुन् १० आवश्यक पोषकतत्व

 पुष १४, २०७

अधिकांश महिलालाई गर्भवती अवस्थामा कस्तो खाना खाने भन्ने दुविधा हुने गर्छ । किनकि, यस्तो अवस्थामा दुई व्यक्तिका लागि पोषकतत्व पुग्नुपर्ने हुन्छ । अर्काे महत्वपूर्ण कुरा गर्भावस्थामै पूर्ण रूपमा पौष्टिकतत्व प्राप्त गरेको बच्चा स्वस्थ जन्मन्छ र जन्मपछि पनि स्वस्थ रहन्छ । गर्भावस्थामा चाहिने पोषणतत्व सजिलै प्राप्त गर्न सकिने केही खाना:-

अण्डा: गर्भावस्थामा आवश्यक प्र्रोटिनको उच्च स्रोत हो अण्डा । अण्डामा कोलिनका साथै दर्जनभन्दा बढी भिटामिन र मिनरल्स पाइन्छ । अण्डामा पाइने कोलिनले बच्चाको दिमाग र स्पाइनल कर्डको विकासमा सघाउँछ । अण्डालाई तपाईं आफ्नो स्वादअनुसार जुनसुकै वेला प्रयोग गर्न सक्नुहुन्छ । स्यालमन: स्वस्थ बच्चा विकासका लागि ओमेगा–३ फ्याटी एसिड अति आवश्यक छ । स्यालमन यसको राम्र्रो स्रोत हो । यसमा अत्यन्तै कम मर्करी हुन्छ । त्यसैले गर्भवती महिलाले प्रत्येक हप्ता स्यालमन खान सक्छन् ।

गेडागुडी: विभिन्नखालका गेडागुडी पनि प्रोटिन, आइरन, फोलिकेसिड, पोटासियम, म्याग्नेसियम र आवश्यक फ्याटी एसिडका राम्रा स्रोत हुन् । चिकित्सककाअनुसार गेडागुडीमा गर्भवती अवस्थामा पाइने सम्पूर्ण पोषकतत्व पाइन्छ । गेडागुडी फाइबरको पनि राम्रो स्रोत हो, जसले गर्भवती अवस्थामा हुने दुई प्रमुख समस्या १) कब्जियत र २) हेमोरोइड्सबाट बचाउन सघाउँछ ।

स्विट पोटाटो: स्विट पोट्याटोमा हाम्रो शरीरलाई चाहिने भिटामिन ए पाइन्छ । यो भिटामिन सी फोलिक एसिड र फाइबरको पनि उच्च स्रोत हो । होलग्रेन: चोकरसहितको अन्न पौष्टिकतत्वले भरिपूर्ण हुन्छ । साथै, एन्टिअक्सिडेन्ट, भिटामिन ई र फाइबर पनि पाइने हुनाले गर्भवतीले होलग्रेन प्रयोग गर्नु उपयुक्त हुन्छ । ओखर: 
ओखर प्लान्टबेस ओमेगा–३ को सबैभन्दा राम्रो स्रोत हो । यसमा प्रशस्त मात्रामा प्रोटिन र फाइबर पाइन्छ ।

ग्रिक योगर्ट: रेगुलर दहीमा भन्दा ग्रिक योगर्टमा दुईगुणा बढी प्रोटिन पाइन्छ । यसमा प्रोबायोटिक र क्याल्सियम पनि प्रचुर मात्रामा पाइन्छ । गर्भावस्थामा क्याल्सियमको थप जरुरत पर्छ । र, यसले बच्चामा स्वस्थ हड्डीको विकास गर्छ । ब्रेकफास्ट तथा खाना जुनसुकै वेला दही खान सक्नुहुन्छ ।

गाढा हरिया रङका सागपात: पालक, रायो, स्विस चार्ड, अर्थात् हाम्रो गाउँघरमा पाइने गाढा हरिया रङका सबै सागपात गर्भावस्थाका लागि अति उपयोगी खाना हुन् । यस्ता सागपातमा भिटामिन ए, सी, के, फोलिक एसिडका साथै धेरैखालका पोषकतत्व पाइन्छन् ।

बोसोरहित मासु: मासु प्रोटिनको उच्च स्रोत हो, तर हामीले सधैँ बोसोरहित मासु रोज्नुपर्छ । राम्रोसँग पकाएको बोसोरहित मासुले गर्भवती महिला र पेटको बच्चा दुवैलाई फाइदा पुर्याउँछ । यसका लागि छाला फालेको कुखुराको मासु, टर्की, पोर्क तथा बोसो फालिएका खसीको मासु रोज्न सक्नुहुन्छ ।

रंगीचंगी फलफूल र तरकारी: प्रशस्त मात्रामा थरीथरी रंगका प्राकृतिक फलफूल तथा तरकारीले पेटको बच्चालाई भिटामिन प्रदान गर्छ । रमाइलो कुरा, प्रत्येक फरक रङका फलफूल तथा तरकारीमा फरक–फरक भिटामिन पाइन्छ । तर, खानामा मिसाइएको अप्राकृतिक रङ भने स्वास्थ्यका लागि हानिकारक मानिन्छ । त्यसैले गर्भवती अवस्थामा फरक–फरक रङका फलफूल र तरकारी सेवन गरौँ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय