भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक

 पुष १५, २०७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ। मोदीकी आमा आमा हीरावेन मोदीको एक सय वर्षको उमेरमा आज निधन भएको छ । प्रधानमन्त्री मोदीले आमाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै ट्वीटमार्फत श्रद्धाञ्जली अर्पण गरेका छन्।
स्वास्थ्य अवस्थामा समस्या आएपछि गत बुधबार उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य जटिलता कारण आज उनको निधन भएको अस्पतालले जनाएको छ । 
आमाको उपचारका लागि प्रधानमन्त्री मोदी गुजरातको अहमदावादस्थित अस्पतालमा पुगेका थिए। सो अवसरमा उनले आमाको स्वास्थ्यलाभको कामना गरेका थिए।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय