नेपालगन्जमा माघ १० गते देखि महोत्सव संचालन हुँदै

 पुष १५, २०७

नेपालगन्ज : बाँकेकाे नेपालगन्जमा कृषि, उद्योग, पर्यटनर ब्यापार प्रबर्द्धन महोत्सव हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रालि बाँकेको सयुक्त आयोजनामा यही माघ १० गतेदेखि २४ गतेसम्म प्रदेश स्तरिय महोत्सव हुने भएको हो ।

समृद्ध नेपालको प्रमुख आधार व्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पुर्वाधार भन्ने मुल नाराका साथ प्रादेशिक स्तरिय नेपालगन्ज व्यापार लघु, घरेलु, कृषि तथा पर्यटन महोत्सव २०७९ हुने भएको आयोजक समितिले आज पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

महोत्सवका मुख्य आकर्षक भने यस क्षेत्र कै पहिलो पटक कुस्ती प्रतियोगिता हुने आयोजक समितिका संयोजक मधु खड्काले जानकारी दिए । कुस्ती प्रतियोगितामा इन्टरनेशनल खेलाडी दावा थापाको समेत सहभागिता रहने खड्काले जनाएका छ्न । महोत्सव भित्र थारु गाउँ , टिकटक पारखीका लागि महोत्सव भित्र टिकटक प्वाईन्ट समेत राखिने छ भने राष्ट्रिय तथा स्थानिय ५० बढि कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
१४ दिनसम्म संचालन हुने महोत्सवमा १ लाख बढि दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजक टिमले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय