राप्तीसोनारी ९ लाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा

 पुष १६, २०७

नेपालगन्ज : बाँकेकाे राप्तीसोनारी गाउँपालिका वडा न ९ मा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ ।
शुक्रबार राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सेवा क्षेत्रभित्र रहेका ७ सय ८० घरमा सुरक्षित खानपानी पुगेको क्षेत्रलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरेका हुन । सो अवसरमा पौडेलले ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लक्षीराम केसीलाई खानेपानीय्क्त समुदाय घोषणा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पौडेलले राप्तीसोनारी गाउँपालिका भित्रका केही वडाहरुमा सुरक्षित खानेपानीको समस्या रहेका बताउदै गाउँपालिकाले खानेपानी तथा सरसफाइ सम्बन्धि निमावली तयार पारेका बताए । खानेपानी विकासको पहिलो पुर्वाधार भएको बताउदै उनले खानी पानीको समिति र टयाङकी निमार्ण गर्नु मात्रै ठुलो कुरा नभएर जनतालाई सुरक्षित खानेपानी पु¥याउनु काम महत्वपुर्ण भएको बताए ।
ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आयोजना युनिसेफ नेपाल र खानेपानी महासंघको सहकार्य र राप्तीसोनारी गाउँपालिकाको समन्वयमा भएको घोषणा कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगज बाँकेले समितिलाई स्वामित्व हस्तान्तरण गरेको थियो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाँकेका प्रमुख तिलक न्यौपानैले संस्था अध्यक्ष लक्षीराम केसीलाइ स्वामित्व प्रमाण हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिह थारुले राप्तीसोनारीको वडा नं ९ ले सुरक्षित खानेपानीयुक्त समुदाय सो घोषणा गरेकोमा खुसी व्यक्त गर्दै यसलाई निरन्तरता दिनुपर्नेमा बताईन । कार्यक्रमा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नं ८ का वडाध्यक्ष सालिकराम डाँगीले यस अघि वडा नं ८ मा पनि सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिसकेको बताउदै समुदाय स्तरमा सरसफाइ र खानेपानीका विषयमा निरन्तरता दिनुपर्नेमा जोड दिए । त्यस्तै कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नं ९ का वडाध्यक्ष सोहनलाल थारुले वडा र पालिकालाइ सुरक्षित खानेपानीयुक्त घोषणा गर्ने कार्यतालिका अनुसार समितिले आवश्यक मापदण्ड पूरा गरीसकेकोले समुदायलाइ घोषणा गरिएको गरिएको बताए ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय