बाल सुधार गृहबाट भागेका ४ जना बालबन्दी प्यूठानबाट पक्राउ

 पुष १८, २०७

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ मा रहेको जयेन्दु बाल सुधार गृहबाट भागेका चार जना बालबन्दी पक्राउ परेका छन् ।

पुस १३ गते बाल सुधार गृहबाट झ्यालको ग्रिल तोडेर भागेका उनीहरुलाई पुष १६ गते प्रहरीले प्यूठानको नौबहिनी गाउँपालिका वडा नम्बर ४ को विजुलीडाँडाबाट नियन्त्रणमा लिइएको हो । आज आयोजित पत्रकार सम्मेलनमा बाँके प्रहरी प्रबक्ता रामप्रसाद घर्ती मगरले आवश्यक अनुसन्धान र कारवाहीका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको जानकारी दिए । 

बाल सुधार गृहमा २ सय ३२ जना थिए । त्यस मध्येमा चार जना भागेका थिए । चार जना मध्ये तीन जना जबर्जस्ती करणी र एक जना कर्तव्य ज्यान मुद्दाका अभियुक्त हुन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय