नेपालगंजमा दादुराको महामारीपछी खोप शुरु

 पुष २२, २०७

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा दादुराको महामारी फैलिएपछि बालबालिकामा खोप लगाउन थालिएको छ ।

नेपालगञ्जमा ५ वर्षमाथिका बालबालिकामा प्रकोप देखिएकाले ६ महिनादेखि १५ वर्ष उमेरका बालबालिकामा खोप लगाउन थालिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए वडा नम्बर ५, ७ र ८ मा खोप लगाउन सुरू गरिएको बताए ।

दादुरा देखिएका नेपालगञ्जका ५, ७, ८, ९, १०, ११, १४, १५, २२ का ११ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको उनले बताए । दादुराले नेपालगञ्जमा एक बालकको मृत्यु भइसकेको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय