कांग्रेस नयाँ समीकरण बनाउने काममा लागेका छैनौँ  : रमेश लेखक

 पुष २२, २०७

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आफ्नो पार्टीले प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको बताउनुभएको छ । 
आज शुक्रवार नयाँ बानेश्वरमा रहेकाे संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीमा राप्रपालाई आफ्नो पार्टीले प्रस्ताव नगरेको बताउनुभएकाे हाे । उहाँले आफ्नो पार्टी एमाले–माओवादी केन्द्रसहितको सत्ता समीकरणलाई भत्काएर नयाँ समीकरण बनाउने काममा नलागेको पनि पटक–पटक दोहोर्‍याउनुभयो । 
उहाँले भन्नुभयो, ‘हामी यो समीकरण भत्काउने, नयाँ समीकरण बनाउने काममा लागेका छैनौँ । गठबन्धन भत्काउने, नयाँ गठबन्धन बनाउने कुरा छैन । अहिले हामी आन्तरिक तयारीमा छौँ । हामी अब यो नयाँ प्रतिनिधि सभामा पार्टीलाई एकताबद्ध, सशक्तरूपले कसरी अगाडि लिएर जाने ? हाम्रा भूमिकाहरू के हुन्छन् भन्नेबारेमा केन्द्रित भएर तयारीमा जुटिसकेका छौँ । राप्रपाले के भनेछ, त्यो मलाई थाहा छैन । हामीले राप्रपालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका छैनौँ ।’
प्रमुख सचेतक लेखले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारेमा भने यही पुस २६ गते बिहान बस्ने पार्टी संसदीय दलको बैठकले निर्णय गर्ने जानकारी दिनुभयाे । आफूहरू अहिले पार्टी संसदीय दलको भोलि (शनिवार) बिहान बोलाइएको बैठकको गृहकार्यमा जुटेको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनु हुनेछ । कांग्रेस प्रमुख सचेतक लेखकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने पत्र आफ्नो दलमा पनि आएको र त्यसका लागि आन्तरिक छलफल सुरु गरिएको बताउनुभयो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय