अर्घाखाँचीमा ट्याक्टरकाे ठक्करबाट ६७ बर्षिय नेपालीको मृत्यु

 पुष २३, २०७

अर्घाखाँची: अर्घाखाँचीमा ट्याक्टरकाे ठक्करबाट ६७ बर्षिय चन्द्र बहादुर नेपालीको मृत्यु भएकाे छ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ तुम्कोटका नेपालीको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मुत्यु भएको हो ।

लु २ त १७६३ नम्बरको ट्याक्टरले ठक्कर दिदा गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा शुक्रबार भैरहवा मेडिकल कलेजमा मुत्यु भएको प्रहरीले जनाएको छ ।
सन्धिखर्क देखि आफ्नो घर तुम्कोट जाने क्रममा उनी सवार मोटरसाईकललाई ट्याक्टरले ठक्कर दिएको थियो । ठक्कर दिने चालक र गाडी नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक तथा सुचना अधिकारी कृष्ण घिमिरेले बताए ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय