वडा अध्यक्ष बाजपेयीले अपाङ्ग असाय बालबालिकालाई दादुरा खोपको लागि घर–घरमा निशुल्क यातयात ब्यवस्था

 पुष २५, २०७

नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाका केहि वडाहरुमा दादुराको संक्रमण देखा परेपछि दादुरा खोपलाई तिव्रता दिएका छन् ।

नेपालगंज उप–महानगरपालिका वडा नं. ८ मा १७ जना बालबालिकामा दादुराको संक्रमण देखा परेपछि वडा ८ ले खोप कार्यक्रमलाई तिव्रता दिएको वडा अध्यक्ष रजनिश बाजपेयीले जानकारी दिए ।

दादुराको संक्रमण तिव्रगतिमा वृद्धि भएको भन्दै बिद्यालयको पठन पाठन केहि समयको लागि बन्द गरिएको छ । सोमवार एक कार्यक्रममा बोल्दै वडा अध्यक्ष बाजपेयीले यहि पौष २७ गते देखि नेपालगंज वडा नं. ८ का बिभिन्न तिन स्थानमा खोप केन्द्र संचालन हुने बताउदै वडाले जनचेतना सहित घर घरमा स्वयमसेवीका सहितको टोली दादुरा खोपको लागि पुग्ने बताए ।

६ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा संक्रमणबाट बचाउन नेपालगंज उप–महानगरपालिका वडा नम्बर ८ ले शहरी स्वास्थ्य चौकी, दुर्गा मन्दिर र मंगल प्रसाद माबि गरि तिन स्थानमा खोप केन्द्र संचालन गरेको बताए ।

समुदायमा दादुराको संक्रमण रोकथामका लागि सम्पूर्ण अभिभावक, स्वास्थ्यकर्मी, धर्मगुरु, जनप्रतिनिधी लगाएतको दादुरा नियन्त्रणमा प्रमुख भूमिका हुने बताए । साथै वडाका अपाङ्ग असाय बालबालिकालाई खोप केन्द्र पुग्नका लागि वडाले निशुल्क यातयातको व्यवस्था गरेको वडा अध्यक्ष बाजपेयी जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय