प्रधानमन्त्री प्रचण्डले पाए विश्वासकाे मतः पक्षमा २६८, विपक्षमा २

 पुष २६, २०७

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासकाे मत प्राप्त गरेका छन्।

काठमाडाैँकाे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सम्पन्न मत विभाजनमा प्रधानमन्त्री प्रचण्डले २ सय ७५ सदस्यीय प्रतिनिधिसभा सदस्यमध्ये २ सय ६८ जनाकाे मत प्राप्त गरेका छन्।

आजको बैठकमा २७० जना उपस्थित थिए।

यही पुस १० गते सात दल र ३ स्वतन्त्र सांसदकाे समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएकाे प्रचण्डले एक महिनाभित्र विश्वासकाे मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासकाे मत लिएका हुन्।

उनलाई नेपाली काँग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) र आम जनता पार्टीका सांसदले विश्वासकाे मत दिए।

प्रधानमन्त्री प्रचण्डलाई नेपाल मजदुर किसान पार्टी (नेपकिपा) र राष्ट्रिय जनमाेर्चा पार्टीले विश्वासकाे मत दिएनन्। यी दुबै पार्टीका प्रतिनिधिसभामा एक/एक सदस्य रहेका छन्।  

याे सँगै प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभा पूर्ण बहुमत प्राप्त गरेका छन्। नेपालकाे संविधान अनुसार प्रधानमन्त्री भएकाे एक महिनाभित्र विश्वासकाे मत प्राप्त गरेकाे प्रधानमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासकाे प्रस्ताव गर्न पाइने छैन।

प्रधानमन्त्रीमा नियुक्त भएर ८ सदस्यीय मन्त्रीमण्डल गठन गरेका प्रधानमन्त्री प्रचण्डले सरकार बिस्तार गर्ने छन्।

प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत प्राप्त गरेसँग राष्ट्रपति र सभामुखकाे निर्वाचनकाे बाटाे खुलेकाे छ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय