जमुनाहको सीमा क्षेत्रबाट धमाधम तस्करीको सामान पक्राउ गर्दै बरिष्ठ सइ विकको टिम

 पुष २, २०७

नेपालगन्जको जमुनाह प्रहरीले भारतबाट हुने अवैध तस्करीहरु बरामद हुन लागेका छ । जमुनाह प्रहरीको कमाण्ड सम्हाली रहेका बरिष्ठ सई पूर्ण विकको टोलीले शुक्रबार चिनि ३ बोरा, सेलो पेन १० काटुन, सुपर पावर सुर्ति १००,जेन्स सुट कपडा ६ थान, भेलि ८० के.जि.अं. लेडिज उनि सुट १४ पिस, लेडिज उनि सुट १४ पिस,पिठो २ बोरा समाग्रीहरु नियन्त्रणमा लिएको छ ।

भन्सार छली गरेर ल्याउँदै गरेको अन्दाजी करिब ११२९५० हजारको सामान नेपालगंज उ.म.न.पा. १५ जमुनाह स्थित ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलिले चेकजाँच गन बरामद गरेको हो ।
उक्त सामानका आबश्यक कार्बाहिको लागि भन्सार कार्यालय नेपालगंज पठाईको ईलाका प्रहरी कार्यालय जमुनाहका ईन्चार्ज पूर्ण बि.क जानकारी दिए ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अवैध तस्करी रोक्न देशैभरका सिडिओ तथा प्रहरी प्रमुखलाई निर्देशन दिएपछि बाँकेमा पनि कडाइ सुरु गर्न लागिएको हो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय